Showing posts with label Exchange Rate. Show all posts
Showing posts with label Exchange Rate. Show all posts

Monday, June 16, 2025

विनिमय दर पुनरावलोकनको सवाल

Originally Published at Clickmandu.com

विदेशी विनिमय पद्धतिको निर्धारण तथा व्यवस्थापन कुनै पनि मुलुकको समग्र आर्थिक नीतिको महत्त्वपूर्ण पाटोको रूपमा रहेको हुन्छ । झन् नेपालजस्तो बाह्य विश्वसँगको खुलापनमा वृद्धि हुँदै गइरहेको, निर्यातको आकार तुलनात्मक रूपमा सानो तथा वृद्धिदर कमजोर रहेको, व्यापार घाटामा उच्च विस्तार भैरहेको सानो मुलुकको सन्दर्भमा यो विषय अझ बढी महत्त्वपूर्ण हुन जान्छ । मुलुकको बाह्य क्षेत्रलाई सन्तुलनमा राख्दै समग्र आर्थिक स्थायित्व कायम राख्नका लागि विनिमयदरको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । यसलाई उचित स्तरमा राख्न सकिएन भने प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आई बाह्य क्षेत्रमा अस्थिरता सिर्जना हुने र समग्र आर्थिक स्थायित्वमा नै चुनौती सिर्जना हुने हुन्छ ।

अधिकांश मुलुकहरूको अवस्था हेर्दा विनिमयदरलाई वाञ्छित स्तरमा राख्न कुनै न कुनै तरिकाले नियन्त्रण गर्ने गरेको देखिन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, सन् २०२३ मा कुनै न कुनै प्रकारको स्थिर विनिमयदर प्रणाली भएका अर्थतन्त्रको संख्या ५८ प्रतिशत रहेको थियो । नेपालजस्तो परम्परागत पेग विनिमयदर कायम गरेका मुलुकहरूको संख्या हाल ४० रहेको छ । सार्क क्षेत्रमा नेपाल र भुटानले परम्परागत पेग प्रणाली अवलम्बन गरेका छन्, भारतमा परिवर्तनशील विनिमयदर प्रणाली छ भने मालदिभ्समा स्टयाबिलाइज्ड एरेन्जमेन्ट, श्रीलङ्कामा घस्रिने खालको पेग र बंगलादेश एवम् पाकिस्तानमा हस्तक्षेप गर्न मिल्ने व्यवस्था सहितको विनिमयदर पद्धति कार्यान्वयनमा रहेको छ ।

नेपालले सन् १९३२ अगाडि भारतीय मुद्रासँग स्थिर विनिमयदर कायम गरेकोमा तत्पश्चात्को केही समयमा बजारले निर्धारण गर्ने विनिमयदर पद्धति अवलम्बन गरेको थियो । सन् १९३२ मा भारतीय रूपैयाँ १०० बराबर नेपाली रूपैयाँ १२८ रहेको विनिमयदर सन् १९३९ मा १४८ पुगेको थियो । सन् १९४३ मा १४६ मा झरेर सन् १९५५ मा १७७ पुगेको थियो । विनिमयदरमा आएको यस्तो उतारचढाव कम गर्न २०१२ सालमा नेपाल सरकारले भारतीय मुद्राको निश्चित दर तोकी बिक्री गर्न शुरू गरेको पनि थियो । तथापि उक्त कदमले बजार विनिमयदरलाई वाञ्छित स्तरमा भने राख्न सकेन ।

नेपाल राष्ट्र बैंकको स्थापनापश्चात् विनिमयदरमा स्थायित्व कायम गर्ने उद्देश्यले बैंकले समेत निश्चित दर तोकी भारतीय मुद्रा बिक्री गर्न शुरू गरेको थियो । भारतीय मुद्राको उल्लेख्य उपयोग भइरहेको सन्दर्भमा उक्त प्रयासले समेत अपेक्षित सफलता हासिल गर्न सकेन । यही सन्दर्भमा विनिमयदरमा आएको बारम्बारको उतारचढाव न्यूनीकरण गर्न नेपाल सरकारले २०१७ वैशाख १ गतेबाट लागू हुने गरी विनिमयदर रू. १६० तोक्दै भारतीय मुद्राको असीमित परिवत्र्यता घोषणा गरेको थियो ।

भारतीय मुद्रासँग स्थिर विनिमयदर प्रणाली लागू भएपश्चात् विनिमयदरको स्तरमा आठपटक परिवर्तन गरिएको छ । तथापि ती परिवर्तनहरू मुलुकको प्रतिपर्धात्मक क्षमता अभिवृद्धि गर्ने भन्दा पनि बाह्य क्षेत्रमा उत्पन्न समस्या सम्बोधन गर्ने उद्देश्यले गरिएका थिए । उदाहरणका लागि, सन् १९६६ मा भारत सरकारले बाह्य क्षेत्र असन्तुलन सच्याउनका लागि अमेरिकी डलरसँग करीब ३७ प्रतिशतले अवमूल्यन गरेको अवस्थामा नेपालको विनिमयदर नचलाउने निर्णय गर्दा विनिमयदर अधिमूल्यन भई रू. १०१ पुगेको थियो । भारतीय मुद्राको सञ्चिति पर्याप्त छ भनेर चालिएको यस कदमबाट उत्पन्न प्रभावलाई मुलुकले लामो समय थेग्न सकेन । सन् १९६५ देखि १९६७ सम्म नेपालसँग रहेको भारतीय मुद्राको सञ्चिति करीब ७२ प्रतिशतले घट्न गएका कारण विनिमयदर अवमूल्यन गरी रू. १३५ पु¥याइयो । त्यसैगरी सन् १९७१ मा बे्रटन–उड्स सम्झौताको समाप्ति र अमेरिकी डलरको विभिन्न मुद्रासँगको अवमूल्यन, सन् १९८० को दशकमा नेपालको बाह्य क्षेत्रमा भएको उच्च घाटा तथा नेपालले अन्तर्राष्ट्रिय मुद्राकोषसँग सहायता लिँदाको शर्त लगायतका कारणबाट नेपाली मुद्रालाई क्रमशः अवमूल्यन गरी सन् १९८५ मा रू. १७० सम्म पु¥याइएको थियो । त्यसपश्चात् नेपालले अवलम्बन गरेको बास्केट विनिमयदर प्रणाली, सन् १९९१ मा गरिएको भारतीय मुद्राको अवमूल्यन र नेपालले लागू गरेको चालु खाता परिवत्र्यताका कारण तीनपटक नेपालको विनिमयदर अधिमूल्यन गरिएकोमा सन् १९९३ अर्थात् २०४९ साल यता १६० मा स्थिर राखिएको अवस्था छ ।

स्थिर विनिमयदर पद्धतिबाट नेपाललाई केही लाभहरू प्राप्त भैरहेको छ । भारतसँगको व्यापारमा विनिमयदर परिवर्तनबाट सृजना हुनसक्ने अनिश्चितता न्यून रहेको छ भने भारतीय लगानीको आप्रवाह उल्लेख्य रहेको छ । भारतीय अर्थतन्त्रको उच्च आर्थिक वृद्धि तथा न्यून मुद्रास्फीतिले नेपालमा मूल्य स्थायित्व कायम राख्नमा मद्दत पुगेको छ । तथापि यस्तो पद्धतिका कारण नेपाली मुद्राको यथार्थ विनिमयदर केही अवमूल्यन हुन गएको छ, मौद्रिक नीतिको प्रभावकारिता सीमित भएको छ भने बाह्य कारणबाट भारतीय अर्थतन्त्रमा परेको समस्याहरूको असर नेपालले समेत बेहोर्नुपरेको छ ।

भारतीय मुद्रासँगको विनिमयदर विगत तीन दशकदेखि स्थिर राखिएकोमा अर्थतन्त्रमा आएको संरचनात्मक परिवर्तनसँग सामञ्जस्य बिग्रिएको, यथार्थ विनिमयदर अधिमूल्यन हुन गई नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर हँुदा बाह्य व्यापार घाटा उल्लेख्य रूपमा बढेर गएको तर्क राख्ने गरिएको छ । बाह्य व्यापारको अवस्था हेर्दा यो तर्क ठीकै हो कि भन्ने ठाउँ पनि छ । तथापि आर्थिक स्थायित्वका हिसाबले विदेशी विनिमयदर निकै संवेदनशील पक्ष भएको तथा विनिमयदर पद्धतिको परिवर्तनका लागि मुलुकमा पर्याप्त आधार तयार हुन नसकेका कारण हालसम्म कुनै परिवर्तन नगरिएको आकलन गर्न सकिन्छ ।

नेपालको समग्र आर्थिक परिसूचक तथा निर्यात प्रवद्र्धनका लागि आवश्यक आधारको विकास हेर्ने हो भने विनियम दर पद्धति तत्काल परिवर्तन गर्ने बाटो जोखिमपूर्ण छ । यस सम्बन्धमा विद्यमान सैद्धान्तिक अवधारणा अर्थात् मण्डेल– फ्लेमिङ मोडेलका शर्तहरूका आधारमा हेर्ने हो भने पनि भारतसँग श्रमको सहज गतिशीलता विद्यमान रहेको, व्यापारको हिस्सा करिब दुई तिहाइ रहेको र खुला सिमाना रहेको सन्दर्भमा तत्कालका लागि स्थिर विनिमयदर प्रणालीको विकल्प देखिँदैन । पूँजी खाता परिवत्र्य भइनसकेको अवस्थामा स्थिर विनियम दर नै उपयुक्त छ भन्ने सैद्धान्तिक आधार पनि छ । साथै, कमजोर निर्यात क्षमता, विदेशी विनिमय प्राप्तिको दिगो आधारको अभाव जस्ता कारणहरूले समेत परिवर्तशील विनिमयदर प्रणालीमा जाँदा विनिमयदर उतारचढावको लागत वहन गर्न मुलुक तयार नभइसकेको देखिन्छ । यस्तो अवस्थामा विनिमयदर बजारमा छाड्दा नेपालको मुद्रा थप अवमूल्यन हुने र आर्थिक स्थायित्वमा चुनौती सिर्जना हुनसक्ने हुन्छ । तथापि मध्यमकालमा स्थिर विनिमयदर प्रणालीलाई क्रमशः बजारमा आधारित बनाउनुको विकल्प छैन । यसबाट मौद्रिक नीतिको प्रभावकारिता वृद्धि हुन जान्छ भने बाह्य प्रभावबाट अर्थतन्त्रलाई जोगाउने क्षमता वृद्धि हुन्छ । अन्य मुलुकहरूले समेत चरणबद्ध रूपमा विनिमयदरलाई बजारमा आधारित बनाउने बाटो अवलम्बन गरेका छन् । सार्क क्षेत्रमा बंगलादेश तथा श्रीलङ्काको उदाहरण लिन सकिन्छ । भारतले शुरूमा निश्चित दायराभित्र मात्र घटबढ हुनसक्ने विनिमयदर पद्धति अवलम्बन गरेकोमा हालसमेत आफ्नो विनिमयदर पूर्णतः बजारमा छोडेको छैन ।

बजारमा आधारित विनिमयदर पद्धति अँगाल्नका लागि मुलुकको उत्पादन क्षमता विकास गरी निर्यातलाई विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतको रूपमा स्थापित गर्न पूर्वतयारी गर्नुपर्ने हुन्छ, चरणबद्ध रूपमा संरचनागत सुधारहरू लागू गरी अर्थतन्त्रका आधारभूत पक्षलाई मजबुत बनाउनुपर्ने हुन्छ, विभिन्न उतारचढावबाट अर्थतन्त्रलाई जोगाउनसक्ने क्षमता निर्माण गर्नुपर्ने हुन्छ र मुद्रा एवं विदेशी विनिमय बजारमा विद्यमान अपूर्णतालाई सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसैगरी, मौद्रिक नीतिको संरचनामा आवश्यक परिवर्तन गर्नुपर्ने हुन्छ भने मुलुकको पूँजी खाता परिवत्र्यताका लागि सबल आधारहरू तयार पार्नुपर्ने हुन्छ । यस्तो आधार तयार नभएसम्म हालको पद्धति परिवर्तन गर्न हतार गर्नु हुँदैन ।

विनिमयदर प्रणालीका सम्बन्धमा रहेको दोस्रो सवाल हालको विनिमयदर अवमूल्यन गर्नु लाभदायी छ कि छैन भन्ने हो । यस सन्दर्भमा नेपालको यथार्थ विनिमयदर अधिमूल्यन भएकाले निर्यात क्षमतामा नकारात्मक प्रभाव परेको तर्क अगाडि सार्ने गरिएको छ । यस्तो अवस्थामा विनिमयदरलाई रू. १६० बाट केही वृद्धि गर्दा नेपाललाई फाइदा पुग्ने सैद्धान्तिक आधार छ । तर, यस्तो निर्णय उत्पादन तथा निर्यात क्षमतामा कुनै वृद्धि नगरिकनै गरिएमा अल्पकालमा यो कदम निष्प्रभावी हुने वा झनै प्रत्युत्पादक हुने जोखिम पनि छ ।

सन् १९९३ को तुलनामा नेपालको यथार्थ विनिमयदर करीब २० प्रतिशतले अधिमूल्यन भएतापनि भारतीय मुद्रासँगको यथार्थ विनिमयदर करीब १० प्रतिशतले मात्रै अधिमूल्यन भएको छ । तसर्थ अवमूल्यनले भारतसँगको व्यापारमा उल्लेख्य मात्रामा प्रभाव पार्न सक्ने देखिँदैन भने चीन लगायतका अन्य बजारहरूलाई लक्षित गरी गुणस्तरीय सामान उत्पादन गर्ने क्षमता नेपालले विकास गरिसकेको छैन । यसमा पनि नेपालले अधिकांश कच्चापदार्थहरू आयात गर्ने भएका कारण उत्पादन लागत वृद्धि हुन गई अवमूल्यनबाट प्राप्त हुने लाभमा स्वतः कमी आउने सम्भावना छ ।

तथ्याङ्कीय दृष्टिकोणबाट हेर्दा यथार्थ विनिमयदर र निर्यात वृद्धिका बीचका बलियो सम्बन्ध देखिँदैन । सन् १९९३ देखि २०२४ को अवधिमा विश्वका विभिन्न ९३ मुलुकको यथार्थ विनिमयदर तथा औसत निर्यात वृद्धिदरको अवस्था हेर्दा ती दुईबीच अपेक्षित नकारात्मक एवं बलियो सम्बन्ध रहेको देखिँदैन । अर्कोतर्फ यथार्थ विनिमयदरको अधिमूल्यन नेपालमा मात्रै नभएर अन्य मुलुकहरूमा समेत हुने गरेको विषय हो । सन् १९९३ यताको अवधिमा अधिमूल्यन १० प्रतिशत भन्दा बढीले भएका मुलुकहरूको संख्या करिब २७ प्रतिशत रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्कले देखाउँदछ । यस्तो सूचीमा चीन, सिंगापुर, फिलिपिन्स लगायतका परिवर्तनशील विनिमयदर प्रणाली रहेका मुलुकहरू समेत छन् जसको वार्षिक निर्यात वृद्धिदर ८ प्रतिशतको हाराहारीमा रहेको छ । अर्कोतिर यो अवधिमा २० प्रतिशतभन्दा बढीले अवमूल्यन भएका ब्राजिल, दक्षिण अफ्रिका, जापान, मालावी जस्ता मुलुकहरूको औसत निर्यात वृद्धि ३ प्रतिशतभन्दा माथि पुग्न सकेको छैन । यसले मुद्रा अवमूल्यन प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिको अचुक अस्त्र नभएकोतर्फ इङ्गित गर्दछ ।

तसर्थ, पेगको स्तर परिवर्तन गर्दा त्यसले अल्पकालमा दिने लाभ तथा उत्पन्न हुनसक्ने प्रतिकूल असरलाई व्यवस्थापन गर्ने क्षमता तथा दीर्घकालमा प्राप्त हुनसक्ने लाभको उपयोग गर्ने योजना उत्तिकै महत्त्वपूर्ण छ । अवमूल्यनले उत्पादन एवं खर्च विदेशी वस्तुबाट स्वदेशी वस्तुमा स्थानान्तरण गर्न सकेन भने यसले अर्थतन्त्रलाई अल्पकालमा थप समस्यामा लैजाने जोखिम रहन्छ । त्यसैगरी, मुलुकले उल्लेख्य मात्रामा कच्चा पदार्थ तथा उपभोग्य वस्तुको आयात गरिरहेको छ भने अवमूल्यनबाट अल्पकालमा मुद्रास्फीतीय दबाब सिर्जना हुन्छ । कतिपय अध्ययनले अवमूल्यन भन्दा पनि उत्पादकत्वमा भएको सुधार तथा संरचनात्मक सुधारहरूले निर्यात वृद्धिमा बढी भूमिका खेल्ने तर्क राखेका छन् ।

अवमूल्यनबाट हुने फाइदा प्राप्त गर्नका लागि निर्यात तथा आयात बजार विनिमयदरमा हुने परिवर्तनसँग संवेदनशील हुनुपर्दछ अर्थात् विनिमयदर अवमूल्यन हुँदा निर्यात वृद्धि हुने तथा आयात कटौती हुने अवस्था हुनुपर्दछ । यसलाई अर्थशास्त्रीय भाषामा मार्शल लर्नर शर्त भनिन्छ । विभिन्न अध्ययनहरूले विकासोन्मुख मुलुकहरूमा आयात तथा निर्यातको विनिमयदरसँगको लोच न्यून रहेको देखाएका छन् ।

नेपालको हकमा समेत निर्यात तथा आयातको यथार्थ विनिमयदरसँगको दीर्घकालीन लोच एकाइभन्दा बढी रहेता पनि अल्पकालीन लोच भने एकाइभन्दा कम नै रहेको देखिएको छ । यसले विनिमयदरमा गरिने अवमूल्यनले अल्पकालमा खासै फाइदा नहुने तर दीर्घकालमा भने व्यापार घाटामा सुधार ल्याउनसक्ने सम्भावना इङ्गित गरेको छ । यस्तो लाभ प्राप्त गर्नका लागि मुलुकको निर्यात क्षमता विस्तार गर्ने तथा आयातित वस्तुको प्रतिस्थापनका लागि पर्याप्त आधार तयार पार्नुपर्ने देखिन्छ ।

यसैगरी, अवमूल्यनबाट उत्पन्न हुने अल्पकालीन मुद्रास्फीतीय दबाबसँग लड्नका लागि केन्द्रीय बैंक तथा सरकार पूर्णरूपमा तयार हुनुपर्दछ र त्यसका लागि उनीहरूसँग पर्याप्त उपकरण हुनुपर्दछ । अध्ययनहरूले अवमूल्यनपश्चात् साना अर्थतन्त्र भएका मुलुकहरूमा अल्पकालमा मूल्यवृद्धि ७ देखि १६ प्रतिशत विन्दुसम्मले बढ्नसक्ने तर्क राखेका छन् । यस्तो मूल्यवृद्धिले आर्थिक गतिविधिमा संकुचन ल्याउने तथा यथार्थ विनिमयदर अधिमूल्यन गरी अवमूल्यनको प्रभावकारिता नै कमजोर बनाउने हुन्छ । कुल निर्यातको करीब ५० प्रतिशत मध्यवर्ती वस्तु अर्थात् कच्चा पदार्थको आयात गर्ने नेपालजस्तो मुलुकमा यस्तो अवमूल्यनले उत्पादन लागतमा अल्पकालमा वृद्धि गर्ने सम्भावना उच्च छ । सन् १९८० को दशकमा मुद्रा अवमूल्यन गरिएका वर्षमा मूल्यवृद्धि दोहोरो अंकमा रहेको अनुभव पनि नेपालसँग छ । तसर्थ मुद्रा अवमूल्यन गर्नुअघि मूल्यवृद्धिमा पर्न सक्ने अल्पकालीन चाप कम गर्नका लागि सरकार तथा केन्द्रीय बैंक प्रतिबद्ध रहनु जरूरी छ ।

अर्को महत्त्वपूर्ण पक्ष आन्तरिक अवमूल्यन हो । यसअन्तर्गत मुलुकको संरचनात्मक जटिलताहरूको समाधान गर्दै उत्पादकत्व वृद्धिमार्फत वस्तु तथा सेवाको उत्पादन लागत घटाउने तथा उत्पादन क्षमता वृद्धि गर्ने कार्य पर्दछ । यसो गर्न सकिएमा मात्र बाह्य अवमूल्यनको अपेक्षित प्रभाव प्राप्त हुनसक्ने तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।

नेपालको जस्तो विनिमयदर प्रणाली भएका अन्य मुलुकहरूको रणनीति हेर्ने हो भने पनि विनिमयदर पेगमा खासै परिवर्तन गरेको देखिँदैन । अमेरिकी डलरसँग पेग गरिएका मुलुकमध्ये यूएई, बहराइन, कतार, साउदी अरब र ओमानको विनिमयदर सन् १९८० को दशकदेखि एउटै स्तरमा रहेको छ । भारतीय मुद्रासँग पेग गरिएको भुटानको विनिमयदर समेत चार दशकभन्दा बढी समयदेखि एउटै स्तरमा रहेको छ । त्यसैगरी, युरोसँग पेग गरिएका मुलुकहरूमा समेत पेगको स्तरमा खासै परिवर्तन गर्ने गरिएको छैन ।

तसर्थ, विनिमयदर पद्धतिमा गरिने परिवर्तन सावधानीपूर्वक एवं चरणबद्ध रूपमा गर्नुपर्ने हुन्छ । मुलुकमा विद्यमान संस्थागत जटिलताहरू यथावत रहेको अवस्थामा अवमूल्यनले मात्रै निर्यात प्रवद्र्धन गर्ने सम्भावना हुँदैन । यसका लागि योजनाबद्ध तथा चरणबद्ध रूपमा आर्थिक सुधारमार्फत उत्पादकत्व वृद्धि गर्न आवश्यक छ । मध्यमकालमा विनिमयदरलाई क्रमशः बजारमा आधारित बनाउँदै जानुपर्ने हुन्छ र यसका लागि वित्तीय बजारको विकास, पूँजीगत खाताको क्रमिक परिवत्र्यता, विदेशी विनिमयको दिगो स्रोत विकास लगायतका पक्षमा पर्याप्त ध्यान जान आवश्यक छ । अल्पकालमा पेग दरमा पविर्तन गर्ने हो भने पनि बाह्य अवमूल्यनका साथै आन्तरिक अवमूल्यनलाई समेत साथसाथै लैजान जरूरी छ ।


Tuesday, August 1, 2023

नेपालको विनिमय दर प्रद्धतिको समीक्षा

Originally Published in NRB Monthly Samachar 2080 Sawan

विदेशी विनिमय नीति मुलुकको बृहत् आर्थिक नीतिमध्येको एक महत्वपूर्ण नीति हो जसले मुलुकको प्रतिस्पर्धात्मक क्षमता कायम राख्दै उत्पादन तथा रोजगारी अभिवृद्धिमा सहयोग पु¥याउने, बाह्य क्षेत्र स्थायित्व कायम राख्ने र अर्थतन्त्रलाई बाह्य जोखिमबाट बचाउने नीतिगत उपायको काम गर्दछ । यसै कारण सबैजसो मुलुकले आफ्नो आर्थिक अवस्था र अर्थतन्त्रको संरचनासँग तादात्म्य हुनेगरी विदेशी विनिमय नीति अवलम्बन गरेका हुन्छन् । सोहीअनुरूप नेपालले समेत विनिमय दर पद्धतिमा समयसमयमा आवश्यक पुनरावलोकन गर्दै आएको छ । 

विनियम दर पद्धतिको छनोट 

विनिमय दर पद्धतिको छनोट व्यापारको खुलापन, वित्तीय प्रवाहको अवस्था, उत्पादन तथा निर्यातको संरचना, मूल्यवृद्धिको ऐतिहासिक पृष्ठभूमि, बाह्य क्षेत्रबाट उत्पन्न हुने जोखिमको प्रकृति र नीति निर्माणकर्ताको ‘ट्रेडअफ’मा भर पर्दछ । विश्वका करिब एक तिहाइ मुलुकले लचिलो विनिमय दर पद्धति अवलम्बन गरे तापनि अझै ६० प्रतिशत मुलुकले कुनै न कुनै प्रकारको स्थिर विनिमय दर पद्धति कायम राखेका छन् ।  
नेपालमा सन् १९३२ भन्दा अघि भारतीय मुद्रासँग भा.रु.१०० को ने.रु.१२८ मा स्थिर विमिमय दर पद्धति रहेकोमा सन् १९३२ मा प्रधानमन्त्री जुद्धशमशेर राणाले परिवर्तनशील पद्धति अँगालेका थिए । उक्त परिवर्तनपछि विनिमय दरमा ठूलो उतारचढाव आएको थियो । उदाहरणका लागि सन् १९३९ मा नेपाली मुद्रा कमजोर भई रु.१४८ सम्म पुगेकोमा सन् १९४३ मा ४६ मा झरेको थियो भने तत्पश्चात् पुनः कमजोर भई सन् १९५५ मा १७७ सम्म पुगेको थियो । यसको पछाडि दोस्रो विश्वयुद्धसँगै पाउण्ड स्टरलिङ तथा भारतीय मुद्रामा घटेको जनविश्वास, सदर मुलुकीखानाबाट नोट छाप्न सुरु गरेपछि नेपालमा मुद्राप्रदायमा भएको वृद्धि तथा सन् १९४७ ताका नेपालले गरेको उच्च आयात प्रमुख कारण थिए । 
नेपाल राष्ट्र बैंकको स्थापनापछि द्वय मुद्रा प्रणाली अन्त्य गर्नका लागि राष्ट्र बैंकले भारतीय मुद्रा निश्चित दरमा बिक्री गर्न सुरु गरे तापनि बजारले निर्धारण गर्ने विनिमय दरमा रहेको उतारचढाव भने पूर्णत नियन्त्रण हुन सकेन । बजारबाट निर्धारित विनिमय दर सन् १९५७ मा १३५ रहेकोमा सन् १९५८ मा १७१ सम्म पुग्यो । यस्तो अस्थिरताका कारण नेपाल सरकारले सन् १९६० अप्रिलमा नेपाली मुद्रालाई रु.१६० मा भारतीय मुद्रासँग पेग गर्ने निर्णय लियो र भारतीय मुुद्रा असीमित रूपमा साट्न सकिने व्यवस्था ग¥यो । उक्त निर्णयपछि नेपालले विभिन्न समयमा भारतीय मुद्रासँगको पेगमा परिवर्तन गर्दै आएको छ । सन् १९६० देखि १९९३ सम्म आइपुग्दा पेगलाई आठ पटक परिवर्तन गरिएको छ । 

सन् १९६६ मा भारतीय मुद्रा अमेरिकी डलरसँग उल्लेख्य मात्रामा अवमूल्यन भएका कारण नेपाली मुद्राको विनिमयदर रु.१०१ पु¥याइएको थियो । भारतीय मुद्राको सञ्चिति उल्लेख्य छ भनेर गरिएको यो पुनरावलोकन मुलुकले चाहिँ लामो समय थेग्न सकेन । सन् १९६५ देखि १९६७ सम्म नेपालसँग रहेको भारतीय मुद्राको सञ्चिति करिब ७२ प्रतिशतले घट्न गयो । त्यसपछि विनिमय दरमा पुनः परिवर्तन गरी १३५ कायम गरिएको थियो । यसै गरी, सन् १९७१ मा बे्रटन उडस सम्झौताको समाप्ति र त्यसयताका अवधिमा अमेरिकी डलरको विभिन्न मुद्रासँगको अवमूल्यन, सन् १९८० को दशकमा नेपालको बाह्य क्षेत्रको उच्च घाटालगायतका कारणबाट नेपाली मुद्राको भारतीय मुद्रासँगको विनिमय दर रु.१७० सम्म पु¥याइएको थियो । तत्श्चात विनिमयदरमा  तीन पटक पुनरावलोकन भएकोमा सन् १९९३ यता रु.१६० मा स्थिर राखिएको छ ।

नेपालको लागि विनिमय दर पद्धतिका विकल्प 

साना र खुला अर्थतन्त्र भएका मुलुकका लागि अर्थशास्त्रीय सिद्धान्तले स्थिर विनिमय दर प्रणाली उपयुक्त हुने तर्क राख्दछन् । यस सम्वन्धमा सबैभन्दा बढी प्रचलित रबर्ट मण्डेलको अप्टिमम करेन्सी एरिया सिद्धान्तले विनिमय दर पद्धतिलाई मुलुकको व्यापार खुलापन, उत्पादनका साधनको गतिशीलता, व्यापार विविधीकरण, वित्तीय कारोबारको सघनतालगायतका आधारमा निर्धारण गर्नुपर्ने तर्क राखेको छ । तीमध्ये सबैजसो तर्कहरू नेपालको हकमा पूरा हुन जान्छन् ।   
(क) नेपालको व्यापार खुलापन वृद्धि हुँदै गएको छ । 
(ख) नेपालको भारतसँगको व्यापार हिस्सा उल्लेख्य छ । कुल व्यापारमा भारतसँगको व्यापार अंश ६० प्रतिशतभन्दा माथि छ ।
(ग) नेपाल तथा भारतको बीचमा श्रमको उच्च गतिशीलता छ ।  
यो सिद्धान्तका अतिरिक्त राज्यमाथि नागरिकको विश्वास र राजनीतिक पक्षहरू, मुलुकमा उत्पन्न हुने विभिन्न जोखिमको स्रोत (मौद्रिक वा बाह्य), आर्थिक उतारचढावको व्यापार साझेदार मुलुकसँगको तादात्म्य, मुलुकमा विद्यमान संरचनात्मक जटिलतालगायतले पनि विनिमय दर पद्धतिको निर्धारणमा भूमिका खेल्दछन् ।    
व्यापार तथा श्रम गतिशीलताको अहिलेको संरचना र प्रवृत्ति कायम रहुन्जेल सैद्धान्तिक रूपमा हेर्दा नेपालका लागि स्थिर विनिमय दर पद्धति नै उपयुक्त हुने देखिन्छ । यसबाहेक खुला सिमाना, मुद्रा र पुँजी बजारको पूर्ण विकास नभएको अवस्था, बढ्दो व्यापार घाटाजस्ता व्यावहारिक कठिनाइसमेत विद्यमान छन् । यसबाट दीर्घकालमा नेपालसँग केही लचिलो विनिमय दर पद्धति अवलम्बन गर्न उपयुक्त हुने विकल्प भए तापनि अल्पकालका लागि पेग दर नै कायम राख्न उचित देखिन्छ ।   
विनिमय दरका सम्वन्धमा छलफलमा आउने गरेकोे अर्को पक्ष भारतीय मुद्रासँगको पेगस्तर परिवर्तन गर्ने कि भन्ने हो । सामन्यतया पेग अवलम्बन गर्ने मुलुकले आफ्नो प्रतिस्पर्धात्मक क्षमता कायम राख्नका लागि समयसमयमा पेगस्तर परिवर्तन गर्दछन् । नेपालको सन्दर्भमा हेर्दा विगत ३० वर्षयता भारतीय मुद्रासँगको पेग दर परिवर्तन नगरिएका कारण नेपालको बाह्य क्षेत्र घाटा विस्तार हँुदै गइरहेको तर्क विभिन्न सन्दर्भमा उठ्ने गरेको छ । अमेरिकी डलरसँगको दर अवमूल्यन भएका कारण नोमिनल विनिमय दर सूचकाङ्कका आधारमा नेपाली मुद्रा कमजोर हुँदै गए तापनि विकसित मुलुकको तुलनामा नेपालमा मूल्यवृद्धि बढी भएका कारण यथार्थ विनिमय दर भने अघिमूल्यन हँुदै गएको  छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्ना ‘आर्टिकल फोर’ प्रतिवेदनहरूमा नेपालको यथार्थ विनिमय दर २० प्रतिशत हाराहारीमा अधिमूल्यन भएको निष्कर्ष निकाल्दै आएको छ ।

यति हुदाँहुदै पनि पेगको स्तर परिवर्तन गर्दा त्यसले अल्पकालमा दिने लाभ तथा उत्पन्न हुनसक्ने प्रतिकुल असरलाई व्यवस्थापन गर्ने क्षमता तथा दीर्घकालमा पेग परिवर्तनले दिनसक्ने लाभको उपयोग गर्ने योजना उत्तिकै महत्वपूर्ण छ । अवमूल्यनले उत्पादन र खर्च विदेशी वस्तुवाट स्वदेशी वस्तुमा स्थानान्तरण गर्न सकेन भने यसले अर्थतन्त्रलाई अल्पकालमा थप समस्यामा लैजाने जोखिम रहन्छ । यसै गरी, मुलुकले उल्लेख्य मात्रामा कच्चा पदार्थ र उपभोग्य वस्तु आयात गरिरहेको छ भने अवमूल्यनबाट अल्पकालमा मुद्रास्फीतिय दबाब झेल्नुपर्ने हुन्छ । कतिपय अध्ययनले अवमूल्यनभन्दा पनि उत्पादकत्वमा भएको सुधार र संरचनात्मक जटिलताले निर्यात वृद्धिमा बढी भूमिका खेल्ने तर्क राखेका छन् । 
अवमूल्यनबाट लाभ लिनका लागि देहायबमोजिमका सर्तहरू पूरा हुनुपर्दछ ः 
पहिलो, विनिमय दरमा गरिने परिवर्तनले यथार्थ विनिमय दरमा अवमूल्यन ल्याउन सक्ने आकारको 
हुनुपर्दछ । नेपालको हकमा यथार्थ विमिमय दर नै करिब २० प्रतिशतले अधिमूल्यन भइसकेको अवस्थामा पेगको स्तर परिवर्तन गर्ने नै हो भने भारतीय मुद्रासँगको पेगमा उलेख्य रूपमा अवमूल्यन गर्नुपर्ने देखिन्छ । 
दोस्रो, निर्यात तथा आयात बजार विनिमय दरमा हुने परिवर्तनसँग संवेदनशील हुनुपर्दछ अर्थात् विनिमय दर अवमूल्यन हुँदा निर्यात वृद्धि हुने र आयात कटौती हुने अवस्था हुनुपर्दछ । यसलाई अर्थशास्त्रीय भाषामा ‘मार्शल लर्नर सर्त’ भनिन्छ । यो सर्त पूरा नभएको अवस्थामा अवमूल्यनले आयातलाई प्रतिस्थापन गर्न सक्दैन । विभिन्न अध्ययनले विकासोन्मुख मुलुकहरूमा आयात र निर्यातको विनिमय दरसँगको लोच न्यून रहेको देखाएका छन् । उदाहरणका लागि सन् १९८८ मा २८ वटा विकासोन्मुख मुलुकमा गरिएको अध्ययनले त्यस्तो लोच ०.५७ मात्र रहेको देखाएको छ । जसको अर्थ अवमूल्यनले तत्काल धेरै लाभ प्रदान गर्न सक्दैन भन्ने हो । नेपालको हकमा समेत निर्यात तथा आयातको यथार्थ विनिमय दरसँगको दीर्घकालीन लोच एकाइभन्दा बढी रहे तापनि अल्पकालीन लोच भने एकाइभन्दा कम नै रहेको देखिन्छ । यसले विनिमयदरमा गरिने परिवर्तनले अल्पकालमा खासै फाइदा नहुने तर दीर्घकालमा भने व्यापार घाटामा सुधार ल्याउनसक्ने सम्भावना औँल्याएको छ । यसका लागि निर्यात क्षमता विस्तार गर्ने र आयातित वस्तुको प्रतिस्थापनका लागि पर्याप्त आधार तयार पार्नुपर्ने देखिन्छ ।    
तेस्रो, अवमूल्यनबाट उत्पन्न हुने अल्पकालीन मुद्रास्फीतीय दबाबसँग लड्नका लागि केन्द्रीय बैंक र सरकार पूर्ण रूपमा तयार हुनुपर्दछ र त्यसका लागि उनीहरूसँग पर्याप्त उपकरण आवश्यक पर्दछ । विभिन्न अध्ययनले अवमूल्यनपश्चात साना अर्थतन्त्र भएका मुलुकमा अल्पकालमा मुल्यवृद्धि सातदेखि १६ प्रतिशत विन्दुसम्मले वृद्धि हुने तर्क राखेका छन् । यसले एकातर्फ आर्थिक गतविधिमा सङ्कुचन ल्याउने हुन्छ भने अर्कोतर्फ मूल्यवृद्धिका कारण यथार्थ विनिमय दर अधिमूल्यन हुन गई अवमूल्यनको प्रभावकारिता  कमजोर हुन जान्छ । यस्तो मूल्यवृद्धिबाट आर्थिक वृद्धिमा देखा पर्नसक्ने सङ्कुचनबाट जोगिनका लागि सरकार र केन्द्रीय बैंक मूल्यवृद्धि नियन्त्रणका लागि कटिबद्ध रहनुपर्ने हुन्छ ।   
चौथो, अवमूल्यन गर्ने मुलुकका लागि पेगको नयाँ स्तर थेग्न पर्याप्त मात्रामा विदेशी विनिमय सञ्चिति हुनुपर्दछ । मुलुकको मुद्रा कमजोर हुँदा बाह्य सञ्चितिमा दबाब पर्ने सम्भावना रहने भएकाले  उक्त दबाब व्यवस्थापनका लागि पर्याप्त मात्रामा सञ्चिति हुनुपर्दछ । पाँचौँ, बाह्य क्षेत्र अवमूल्यनसँगै आन्तरिक अवमूल्यनलाई समेत साथै लैजानुपर्दछ । आन्तरिक अवमूल्यनभित्र मुलुकको संरचनात्मक जटिलताको समाधान र उत्पादकत्व वृद्धिमार्फत वस्तु तथा सेवाको उत्पादन लागत घटाउने तथा उत्पादन क्षमता वृद्धि गर्ने कार्य पर्दछन् । यसो गरिएन भने अवमूल्यनको प्रभाव एकदमै न्यून रहने विभिन्न अध्ययनले देखाएका छन् । 

निष्कर्ष 

विनिमय दर पद्धतिको छनोट मुलुकको प्रतिस्पर्धात्मक क्षमता कायम राख्न र बाह्य क्षेत्र स्थायित्व कायम राख्नका लागि एक महत्वपूर्ण नीतिगत छनोट हो । नेपालले लामो समयदेखि भारतसँग स्थिर विनिमय दर पद्धति कायम गरिरहेको छ भने बेलाबखतमा पेगको स्तरमा परिवर्तन पनि गर्दै आएको छ । विनिमय दर अवमूल्यनबाट अपेक्षित लाभ लिनका लागि नेपालले आन्तरिक अवमूल्यनमा पर्याप्त ध्यान दिन सकेको छैन । तसर्थ, आयात र निर्यात बजारलाई विनिमय दरमा हुने परिवर्तनसँग संवेदनशील बनाई बेलाबखतमा गरिने विनिमय दर पुनरावलोकनबाट लाभ लिनका लागि मुलुकले पहिला संरचनात्मक जटिलताको समाधान गर्दै उत्पादकत्व वृद्धिमार्फत आन्तरिक अवमूल्यन गर्नुपर्ने खाँचो छ ।  



Wednesday, November 25, 2020

विदेशी विनिमय व्यवस्थापन

विदेशी विनिमय व्यवस्थापन

१. विषय प्रबेश :

विदेशी विनिमय व्यवस्थापन कुनै पनि मुलुकको समग्र आर्थिक तथा मौद्रिक व्यवस्थापनको महत्वपूर्ण पक्षको रुपमा रहेको हुन्छ । झन् नेपालजस्तो दिन प्रतिदिन बाह्रय विश्वसंगको खुलापनमा वृद्धि हुदै गैरहेको, निर्यातको आकार तुलनात्मक रुपमा सानो रहेको तथा वृद्धिदर कमजोर रहेको, आयात तथा व्यापार घाटामा उच्च विस्तार भैरहेको तथा भारतसंग स्थिर विनिमय दर कायम गरेको मुलुकको सन्दर्भमा यो वियष अझ बढी महत्वपूर्ण हुन जान्छ । यस लेखमा नेपालमा विदेशी विनिमय व्यवस्थापनका सम्वन्धमा रहेका नीतिगत व्यवस्थाहरु, विदेशी विनिमय दर व्यवस्थापन, विदेशी विनिमय सटही सुविधा व्यवस्थापन तथा विदेशी विनिमय सञ्चिति व्यवस्थापन लगायतका विषयहरुमा चर्चा गर्ने प्रयास गरिएको छ ।

२. विदेशी विनिमयको अर्थ

सामान्यतया विदेशी विनिमय भन्नाले विदेशी मुद्रालाई मात्रै बुझिने भएतापनि यसले विदेशी मुद्रामा भुक्तानी हुन सक्ने निक्षेप, चेक, ड्राफ्ट लगायतका सम्पूर्ण वित्तीय साधनहरुलाई बुझाँउदछ । नेपाल राष्ट्र बैंक ऐनका अनुसार विदेशी विनिमय भन्नाले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेको चेक, ड्राÇट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, क्रेडिट कार्ड, प्रतीतपत्र, विनिमयपत्र तथा प्रतिज्ञापत्रलाई बुझाँउदछ । 


३. विदेशी विनिमय व्यवस्थापनका सम्वन्धमा रहेका नीतिगत व्यवस्थाहरु

क) विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९

यो ऐनले विदेशी विनिमय व्यवस्थापनको सम्पूर्ण अधिकार नेपाल राष्ट्र बैंकलाई प्रदान गरेको छ जसअनुसार विदशी विनिमय कारोबार गर्ने संस्थाहरुलाई इजाजतपत्र प्रदान गर्ने, ती संस्थाहरुको नियमन तथा सुपरिवेक्षण गर्ने, विदेशी विनिमय सटही कारोबार सम्वन्धी व्यवस्थापन गर्ने, विदेशी मुद्रामा गर्न सकिने लगानी तथा कर्जा प्रवाह सम्वन्धी व्यवस्था तथा नेपालमा कमाएको रकम विदेश फिर्ता लैजाने सम्वन्धी व्यवस्थाहरु प्रमुख रुपमा रहेका छन् ।

ख) नेपाल राष्ट्र बैंक ऐन, २०५८

यो ऐनले नेपाल राष्ट्र बैंकलाई विदेशी विनिमय सम्वन्धी नीति, कानुन तथा कार्यविधिहरु वनाउने, विदेशी विनिमय कारोबारको व्यवस्थापन गर्ने, विदेशी विनिमय पद्धति निधारर्ण गर्ने तथा विदेशी विनिमय सञ्चितिको व्यवस्थापन गर्ने अधिकार प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐनले निर्दिष्ट गरेका तीन वटा उदेश्यहरु मध्ये एउटा प्रमुख उदेश्य आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्न आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने रहेको छ । साथै उक्त ऐनले विदेशी विनिमय व्यवस्थापनका लागि विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने, विनिमय दर पद्धति निर्धारण गर्ने, विदेशी विनिमय सञ्चितिको व्यवस्थापन तथा सञ्चालन गर्ने जस्ता काम, कर्तव्य तथा अधिकारहरु तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐनको परिच्छेद–७ ले विदेशी विनिमय नीति, नियमन र सञ्चिति बैड्ढलाई नेपालको विदेशी विनिमय नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र गराउने पूर्ण अधिकार प्रदान गरेको छ । यसका लागि विदेशी विनिमय कारोबार गर्न चाहने संस्थालाई यस ऐन वा अन्य प्रचलित कानूनको अधीनमा रही इजाजतपत्र जारी गर्ने, (ख) इजाजतपत्र प्राप्त संस्थाबाट गरिने विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्नका लागि नियम तथा विनियम बनाउने, आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्ने, इजाजतपत्र प्राप्त संस्थाको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने, इजाजतपत्र प्राप्त संस्थाको कारोबारको आधार, सीमा तथा शर्त निर्धारण गर्ने, नेपाली रुपैया“को विदेशी विनिमय दर निर्धारण पद्धति तोक्ने, बैड्ढले विदेशी मुद्राहरुको खरिद बिक्री दर कायम गरी कारोबार गर्ने अधिकारहरु दिएको छ ।

ग) विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१

यो ऐनले नेपाल सरकारले कुनै खास किसिमको लगानीका लागि अनुमति दिएको अवस्थामा बाहेक कसैले पनि विदेशमा कुनै किसिमको लगानी गर्न नपाउने व्यवस्था गरेको छ ।

घ) नेपाल राष्ट्र बैंकबाट जारी भएका निर्देशनहरु

नेपाल राष्ट्र ऐनले निर्दिष्ट गरेका विभिन्न उदेश्यहरु प्राप्त गर्नका लागि विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था लगायत अन्य निकायहरुलाई समय समयमा नेपाल राष्ट्र बैंकले विभिन्न निर्देशनहरु जारी गर्ने गरेको छ ।

ङ) विदेशी विनिमय लगानी निर्देशिका

विदेशी विनिमय सञ्चिति व्यवस्थापन गर्नका लागि विदेशी विनिमय लगानी निर्देशका रहेको छ । यो निर्देशकाले विदेशी विनिमय लगानी गर्न सकिने उपकरणहरु, लगानी अवधि, लगानी गर्न सकिने मुद्राहरु तथा त्यस्तो लगानीमा उत्पन्न हुनसक्ने विभिन्न जोखिमहरुको न्यूनीकरणका लागि विभिन्न नीतिगत व्यवस्थाहरु गरेको छ ।

माथि उल्लेखित व्यवस्थाहरुका अलावा विदेशी विनिमय व्यवस्थापनका सन्दर्भमा विदेशी विनिमय कारोबार इजाजत पत्र तथा निरिक्षण विनियमावली २०६७, नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७ तथा नेपाल राष्ट्र बैंक मनिचेन्जर विनियमावली २०६७ लगायतका व्यवस्थाहरु रहेका छन् ।

४. विदेशी विनिमय पद्धतिको निर्धारण

कुनै पनि मुलुकको बाह्य क्षेत्रलाई संतुलनमा राख्दै समग्र स्थायित्व कायम राख्नका लागि विनिमय दरकोे महत्वपूर्ण भुमिका रहने गर्दछ । विनिमय दर लाई उचित स्तरमा राख्न सकिएन भने निर्यातमा प्रतिस्पर्धात्मक क्षमता ह्रास हुन गई बाह्य क्षेत्र नै अस्थिर हुने सम्भावना हुन्छ । तसर्थ विश्वभरका सबैजसो मुलुकहरुले आफुलाई उपयुक्त हुने विनिमय दर पद्दति अबलम्वन गरेका हुन्छन ।   

नेपालले विगत लामो समयदेखि भारतीय मुद्रासंग स्थिर विनिमय दर कायम गर्दै आएको छ भने अन्य मुलुकका मुद्राहरुसंग भने परिवर्तनशील विनिमय दर प्रणाली कायम गरेको छ । यस्तो पद्धति अवलम्वन गर्नुका पछाडि नेपालको भौगोलिक तथा आर्थिक घरातल, भारतसंगको अधिक व्यापार निर्भरता, कमजोर निर्यात क्षमता, विदेशी विनिमय प्राप्तीको दिगो आधारको अभाव जस्ता कारणहरु रहेका छन् । अन्य मुद्राहरुसंग परिवर्तशील विनिमय दर पद्धति भनियता पनि अन्य मुद्राहरुसंगको दर भारतीय मुद्राहरुको ती मुद्राहरुसंगको विनिमयदर (cross rate) का आधारमा निर्धारण हुने गरेको छ । विदेशी मुद्राको अवैध कारोबार तथा arbitrage नियन्त्रण गर्नका लागि अन्य मुद्राहरुसंगको विनिमय दर त्यसरी निर्धारण गरिएको हो ।

मुलुकको आर्थिक क्रियाकलापको आकार तथा संरचनामा हुने परिवर्तन संगै नीतिगत व्यवस्थाहरुमा समेत समयानुकुल परिवर्तन गर्दै लगिएको हुन्छ । यसै अनुरुप नेपालको विनिमय दर प्रणाली तथा वर्तमान भारतीय मुद्रासंगको पेग दरमा समेत परिवर्तन गर्नुपर्ने आवाज बेलाबेलामा उठ्ने गरेको छ । हालको विनिमय दर पद्धतिकै कारण नेपालको यथार्थ विनिमयदर अधिमूल्यन भई निर्यात क्षमता खस्किदै गएको आवाज अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरुले उठाउदै आएका छन् । तथापि विदेशी विनिमय दर निकै संवेदनशील पक्ष भएकाले समग्र स्थिरतामा खलल् नपुगोस भन्नका लागि पर्याप्त अध्ययन विना यो परिवर्तन गर्ने विषय भने होइन् ।

हाल भारतसंग कायम रहेको विदेशी विनिमय दर पद्धतिबाट नेपाललाई विभिन्न फाइदाहरु भैरहेको छ । ती मध्ये प्रमुख फाइदाहरु यसप्रकार रहेका छन् ः

  • भारत संगको व्यापारमा विनिमय दरमा हुन सक्ने परिवर्तनबाट सृजना हुनसक्ने अनिश्चितता न्यून रहेकोछ ।
  • नेपालमा भारतीय लगानीको आप्रवाह उल्लेख्य रहेको छ ।
  • भारतीय अर्थतन्त्रको उच्च आर्थिक वृद्धि तथा न्यून मुद्रास्फीतिका कारण नेपालमा समेत मूल्य वृद्धि न्यून रहन गएको छ ।
  •  भारत संगको स्थिर विनिमय दर पद्धतिबाट नेपाललाई प्राप्त प्रमुख बेफाइदाहरु निम्नानुसार रहेका छन् ः
  • भारतीय अर्थतन्त्र भन्दा नेपालको अर्थतन्त्रमा मुद्रास्फीति बढी रहने गरेका कारण नेपाली मुद्रा अधिमूल्यन हुन गई निर्यात क्षमतामा ह्रास आएको छ ।
  • भारतीय अर्थतन्त्रमा बाह्य कारणबाट आएका समस्याहरुको असर नेपालले समेत बेहोर्नु परेको छ । उदाहरणका लागि हाल विश्व बजारमा देखिएको व्यापार अनिश्चितता तथा युरोजोनको मन्दी बाट भारतीय अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण नेपाली मुद्रा समेत अवमूल्यन हुन गई आयात लागतमा बढोत्तरी हुन गएको छ ।

भारत संग परिवर्तनशील विनिमय दर पद्दति किन उचित विकल्प हुन सक्दैन ?

नेपालले अबलम्वन गरेको स्थिर विनिमय दर पद्धतिलाई नै परिवर्तन गर्नुपर्ने आवाज समेत वेला वेलामा उठ्ने गरेको छ । तथापि नेपालको समग्र आर्थिक परिसूचकहरुका आधारमा विष्लेषण गर्ने हो भने त्यस्तो परिवर्तन गर्ने बाटो अत्यन्तै जोखिमपूर्ण छ । यसका पछाडि निम्न कारणहरु प्रमुख रुपमा रहेका छन् ः

  • भारत नेपालको सबैभन्दा ठुलो ब्यापारिक साझेदार हो । नेपालको वार्षिक निर्यात तथा आयातमा ६५ प्रतिशत भन्दा बढी हिस्सा भारतको रहेको छ । यति मात्रै नभएर नेपालमा सबै भन्दा बढी लगानी गर्ने मुलुकमा भारत अग्रस्थानमा छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमयदर बाट सृजना हुने अनिश्चितताले ब्यापार तथा लगानी लाइ नराम्ररी प्रभावित गर्न सक्दछ । यसको प्रतक्ष्य असर नेपालमा हुने भारतीय लगानी तथा नेपालको निर्यात ब्यापारमा पर्न जान्छ ।
  • नेपालको भारत संगको ब्यापार सधै घाटामा रहने गरेको छ र प्रतेक वर्ष त्यस्तो घाटा बढ्दै गईरहेको छ । यसबाट भारतीय मुद्राको माग नेपालमा बढ्दै जाने तर उक्त मुद्राको आपूर्ति त्यही अनुपातमा हुन नसक्ने अवस्था सृजना हुन जाने हुन्छ । यस्तो परस्थितिमा विनिमय दरलाई बजारमा छोड्दा नेपालको मुद्रा लगातार रुपमा अवमुल्यन हुदै जाने देखिन्छ । अवमुल्यन बाट नेपालले तत्काल फाइदा लिन सक्ने स्थिति नभएकाले यसले आयातलाई अझै महँगो बनाउने, उच्च मुद्रास्फीति सिर्जना गर्ने तथा प्रतिस्पर्धात्मक क्षमता लाइ थप कमजोर बनाउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।
  • नेपालको आयात ब्यापारमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, इन्धन, आदिको अंश ठुलो छ । विनिमय दरलाई बजारमा छोड्दा भारत संगको ब्यापार घाटाका कारण नेपाली मुद्रा अवमुल्यनवाट नेपालले आयात गर्ने कच्चा पदार्थको मूल्य बढ्न गई उत्पादन लागत बढ्न जाने र यसले समग्र मूल्य स्तरमा नै बढोत्तरी ल्याई मूल्य वृद्धिमा चाप पर्ने देखिन्छ ।
  • परिवर्तनशील विनिमय दरमा हुने उतारचढाव बाट लाभ प्राप्त गर्नका लागि मुलुकको निर्यात तथा आयात ब्यापार विनिमय दर संग लोचदार हुनुपर्दछ । अर्थात् मुद्रा अवमुल्यन हुदा विदेशी बस्तु सापेक्षिक रुपमा नेपालमा महँगो पर्ने र नेपाली बस्तु विदेशमा सापेक्षिक रुपमा सस्तो पर्न गई आयात निरुत्साहित हुने तथा निर्यात प्रोत्साहित हुने स्थिति भएमा परिवर्तनशील विनिमय दर पद्दतिले लाभका अवसर समेत बेला बखतमा सृजना गर्ने हुन्छ । तर नेपालमा विदेशबाट माग भएको अवस्थामा अल्पकालमा उत्पादन वृिद्ध गर्न सक्ने क्षमताको बिकाश नभैसकेको तथा आयातको ठुलो अंश नेपालमा उत्पादन गर्न नसकिने तथा अल्पकालमा अन्य बस्तुबाट प्रतिस्थापन गर्न नसकिने बस्तुहरु जस्तै पेट्रोलियम पदार्थ, मेसिनरी, पाटपुर्जा, इलेक्ट्रिकल सामान आदि रहेकाले निर्यात तथा आयात ब्यापार विनिमय दर संग बेलोचदार रहेको छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरवाट अल्पकालमा लाभ प्राप्त गर्न सक्ने सम्भावना न्युन रहन्छ ।
  • विनिमय दरलाई बजारमा छोड्दा मुलुकको पुँजीं खातालाई समेत बिस्तारै परिवर्त्य बनाउदै लैजानुपर्ने
  • हुन्छ । तर भारतीय तथा अन्य विदेशी मुद्रा प्राप्तिको दीगो आधार नहुन्जेल सम्म मुलुकले पँुजी खातालाई पूर्ण परिवर्त्य बनाउन सक्दैन ।
  • नेपाली जनताहरुमा भारतको अर्थतन्त्र अझै सुध्रिदै जाने तथा नेपालको मुद्रा ब्यापार घाटाका कारण कमजोर हुन्छ भन्ने लागेमा अल्पकालमा भारतीय मुद्राको संग्रह गर्ने प्रवृति बढ्ने सम्भावना समेत रहन्छ । यस बाट भारतीय मुद्राको मागमा थप बिस्तार भई नेपाली मुद्रा अझै अवमुल्यन हुदै जाने हुन्छ ।
  • ठ।    नेपालमा मुद्रा बजार, पुँजी बजार तथा विदेशी विनिमय बजार अझै पनि पूर्ण रुपमा विकशित नभैसकेकाले बजारले निर्धारण गर्ने विनिमय दर यथार्थ स्तरमा हुन नसक्ने सम्भावना हुन्छ । जसले ब्यापार तथा लगानीमा नकारात्मक असर पार्न सक्दछ ।

यी विभिन्न अवस्थाहरुका कारण नेपालले तत्काल भारतीय मुद्रा संग परिवर्तनशील विनिमय दर पद्दति लागु गर्न सम्भव छैन । मुलुकको उत्पादन क्षमता सुधार गरी निर्यात लाइ विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोतको रुपमा स्थापित नगरेसम्म हालको स्थिर विनिमय दर पद्दति लाई परिवर्तन गरिहाल्ने स्थिति छैन ।

के भारतीय मुद्रासंगको पेग परिवर्तन गर्न आवश्यक छ ?

विनिमय दर प्रणालीका सम्वन्धमा दोस्रो छलफलको विषय हालको भारतसंगको विनिमय दर पेगमा केही परिवर्तन गर्नु पर्ने अवस्था छ कि छैन भन्ने हो । अर्थात भा.रु.१०० बराबर ने.रु. १६० मै विनिमय दर कायम राख्ने कि थपघट गर्ने भन्ने प्रश्न पछिल्लो समयमा धेरै छलफलमा आएको विषय हो । अन्तराष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरुले नेपालको यथार्थ विनिमय दर (REER) अधिमूल्यन भएकाले निर्यात व्यापारमा नकारात्मक प्रभाव परेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा भारतसंगको विनिमयदरलाई रु.१६० बाट केही वृद्धि गर्दा नेपाललाई फाइदा पुग्ने देखिन्छ । तर यस्तो निर्णय उत्पादन तथा निर्यात क्षमतामा कुनै वृद्धि नगरिकनै गरिएमा यो झन प्रत्युत्पादक हुने सम्भावना पनि त्यतिकै रहने भएकाले पुर्ब तयारी विना भारतसंगको पेग विनिमय दरमा परिवर्तन गरेमा त्यसले अपेक्षित लाभ प्रदान गर्न नसक्ने देखिन्छ ।

५. विदेशी विनिमय सटही व्यवस्थापन

विदेशी विनिमय सटही व्यवस्थापन अन्तर्गत निम्न चार प्रकारका सटही सुविधाहरुको व्यवस्थापन नेपाल राष्ट्र बैंकले गर्दै आईरहेको छ ः

क) अनुमति नलिई असिमित मात्रामा गर्न सकिने सटही ः यस अन्तर्गत आयात, विदेशी उच्च शिक्षा, विदेशी दुतावासमा तिर्नुपर्ने भिसा शुल्क लगायतका कार्यहरुका लागि नेपाल राष्ट्र बैंकको अनुमति नलिइकनै सोझै वाणिज्य बैंकहरुबाट सटही सुविधा लिन सकिने व्यवस्था रहेको छ ।

ख) अनुमति नलिई सिमित मात्रामा गर्न सकिने सटही ः यस अन्तर्गत पासपोर्ट सुविधा, आप्रबासी भिसामा विदेश जाने नागरिक लाई प्रदान गरिने सुविधा, विदेश तालिम गोष्ठि आदिमा जानका लागि प्रदान गरिने सुविधा लगायतका सटही सुविधाहरु रहेका हुन्छन् । तोकिएको सीभाभित्रको यस्तो सुविधा बैंक तथा वित्तीय संस्था तथा अन्य इजाजत प्राप्त संस्थाबाट सोझै प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

ग) अनुमति लिएर मात्र गर्न सकिने सटही ः यस अन्तर्गत विदेशी पुँजीको लाभांश, औषधोपचार खर्च, विदेश स्थित शाखा कार्यालय खोल्नका लागि आवश्यक खर्च लगायतका उदेश्यका लागि प्रदान गरिने सटही सुविधाहरु पर्दछन ।

घ) सटही प्रदान गर्न नसकिने कारोबार ः नेपाल सरकारको स्वीकृति विना आयात गर्न नसकिने वस्तु तथा सेवाहरुलाई सटही सुविधा उपलब्ध नगराउने व्यवस्था रहेको छ ।

६. विदेशी विनिमय कारोबारका लागि नियमन, लाइसेन्सिङ तथा सुपरिवेयण

विदेशी विनिमय ऐन २०१९ तथा नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम बैैक तथा वित्तीय संस्थाहरु, विप्रेषण कम्पनी, मनिचेन्जर फर्म, होटल, ट्राभल एजेन्सी, कार्गो, कुरीयर लगायत विदेशी मुद्राको कारोबारमा संग्लग्न हुन चाहने संस्थाले विदेशी विनिमय कारोबारको लागि नेपाल राष्ट्र बैंक बाट इजाजत लिनुपर्ने व्यवस्था छ । हाल नेपालमा क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाका अतिरिक्त विप्रेषण कम्पनी, मनिचेन्जर फर्म, ट्राभल कम्पनि, होटल लगायत संस्थाहरु विदेशी विनिमय कारोबारमा संग्लग्न रहेका छन् ।

२०७६ असार मसान्तसम्म विदेशी मुद्राको कारोबार गर्न स्वीकृति लिने संस्थामा होटल २१८, ट्राभल एजेन्सी ९२१, टे«किङ्ग १५४६, कार्गो ६२, मनिचेञ्जर ३७५, रेमिट्यान्स कम्पनी ५२, वाणिज्य बैंक २८, विकास बैंक १९, वित्त कम्पनी ४, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड, एयरलाइन्स कम्पनी ७४ र अन्य ३९ गरी जम्मा ३३४० रहेका छन् । विदेशी मुद्राको कारोबार गर्ने संस्थामध्ये काठमाडौं उपत्यकाभित्र २९९२ र उपत्यका बाहिर ३४८ संस्था सञ्चालनमा रहेका छन् । यी संस्थाहरुले विदेशी विनिमय ऐन २०१९, नेपाल राष्ट्र ऐन २०५८, नेपाल राष्ट्र बैंकबाट जारी गरिएका निर्देशनका अतिरिक्त नेपाल राष्ट्र बैंक विदेशी विनिमय इजाजत तथा निरिक्षण विनियमावली २०६७, नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७, नेपाल राष्ट्र बैंक मनिचेञ्जर विनियमावली २०६७ लगायतका नीतिगत व्यवस्थाहरुमा भएका प्रावधानहरुको परिपालना गर्नुपर्ने व्यवस्था रहेको छ । यी नीतिगत व्यवस्थाहरु परिपालना भए नभएको सुनिश्चित गर्नका लागि नेपाल राष्ट्र बैंकले बेलाबेलामा स्थलगत तथा गैह–स्थलगत सुपरिवेक्षण गर्ने, नियमित निरिक्षण तथा अनुगमन गर्ने र कानुनको परिपालना नभएको भेटिएमा विभिन्न कारबाहीहरु गर्न सक्ने व्यवस्था रहेको छ ।

७. तरलता व्यवस्थापन

विदेशी विनिमय व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष तरलता व्यवस्थापन हो । यस अन्तर्गत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु तथा रेमिटेन्स कम्पनिहरुसंग बढी भएको विदेशी मुद्रा खरिद गरी नेपाली मुद्रा उपलब्ध गराउने तथा ती संस्थाहरुलाई आवश्यक परेमा विदशी मुद्रा विक्री गर्ने कारोबारहरु पर्दछन् । यसलाई विदेशी विनिमय बजार हस्तक्षेप (Foreign exchange market intervention) का नामले समेत चिन्ने गरिएको छ । यस्तो कारोबार मार्फत बैंक तथा वित्तीय संस्थाहरुसंग भएको तरलता व्यवस्थापन गर्न, भारतीय मुद्रासंगको विनिमयदर पेग कायम राख्न तथा परिवत्र्य मुद्राहरुसंगको विनिमय दर स्थायित्व कायम राख्नमा समेत केही सहयोग पुग्न गएको छ ।

वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक तथा रेमिटेन्स कम्पनीहरुले आफुसंग भएको विदेशी मुद्रा राष्ट्र बैंकलाई विक्री गर्न सक्दछन् भने वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमात्र विदेशी मुद्रा खरिद कार्यमा संग्लग्न हुन पाँउदछन । यस्तो कार्य विदेशी मुद्रा खरिद, बिक्री तथा हस्तक्षेप कार्यविधि २०६७ अनुसार हुने गरेको छ ।

 ८. विदेशी विनिमय सञ्चिति व्यवस्थापन

मुलुकको विदेशी विनिमय सञ्चिति आफैसंग राखेमा त्यसमा प्राप्त हुन सक्ने प्रतिफल गुमाउनु पर्ने हुन्छ भने लगानी गरेमा आयात, वैदेशिक ऋण भुक्तानी लगायतको प्रयोजनका लागि विदेशी मुद्राको अभाव हुनसक्ने सम्भावना हुन्छ । विदेशी विनिमयको पर्याप्त तरलता कायम राख्दै विदशी विनियम सञ्चितिलाई सुरक्षित तथा अधिकत्तम प्रतिफल प्राप्त हुन सक्ने ठाँउमा लगानी गर्ने सञ्चिति लगानी व्यवस्थापनको प्रमुख उदेश्य रहेको हुन्छ ।

विदेशी विनिमय सञ्चिति व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकमा विभिन्न नीतिगत तथा संस्थागत व्यवस्थाहरु गरिएका छन् । नीतिगत व्यवस्था अन्तर्गत विदेशी विनिमय लगानी निर्देशिका रहेको छ भने संस्थागत व्यवस्था अन्तर्गत गभर्नर, विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नरको संयोजकत्वमा लगानी समिति, लगानी उप समिति, विदेशी विनिमय व्यवस्थापन विभाग तथा उक्त विभाग भित्र रहेका विभिन्न डेस्कहरु रहेका छन् ।

सञ्चिति व्यवस्थापन कार्यविधिमा रहेका प्रमुख व्यवस्थाहरु

रिजर्भ पर्याप्तता ः कम्तीमा ६ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न तथा नेपाल सरकारको एक वर्षको बाह्य ऋणको साँवा तथा व्याज तिर्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम राख्नु पर्दछ ।

लगानीयोग्य साधनहरु ः विदेशी विनिमय लगानी गर्नका लागि यु.एस. ट्रेजरी बिल्स, यु.एस. ट्रेजरी बोन्ड, विदेशी केन्द्रीय बैंक तथा अन्य तोकिएका विदेशी बैंकका कल तथा मुद्दती खाता, द्यक्ष्क् ले जारी गरेका उपकरणहरु, भारतीय तथा चिनिया ट्रेजरी बिल्स, अन्तर्राष्ट्रिय संस्थाहरुले जारी गरेका ऋणपत्र लगायतका उपकरणहरु तोकिएका छन् ।

लगानीयोग्य मुद्रा ः अमेरिकन डलर, पाउण्ड स्टरलिङ, क्यानाडिएन डलर, जापानिज ऐन, चाइनिज युवान तथा भारतीय रुपिया लगायत आठवटा मुद्रामा विदेशी विनिमय सञ्चिति लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

लगानीयोग्य संस्थाहरु ः निम्न बमाजिमका क्रेडिट रेटिङ भएका संस्थाहरु लगानी योग्य संस्थाका रुपमा हुन सक्ने व्यवस्था गरिएको छ ।

  •  Standard and Poor को A- तथा माथि रMoody को A3 वा सो भन्दा राम्रो क्रेडिट रेटिङ भएका संस्थाहरु
  • भारतीय बैंकको हकमा Standard and Poor  को BB तथा माथि र Moody  को Ba2  वा सो भन्दा राम्रो क्रेडिट रेटिङ भएका संस्थाहरु ।
  • माथि उल्लेखित रेटिङ उपलब्ध नभएको खण्डमा ICRA को A वा सो भन्दा राम्रो क्रेडिट र्टिङ भएका संस्थाहरु ।
  • विदेशी विमिमय सञ्चिति लगानी गर्दा G-7 तथा OECD मुलुकका बैंक तथा वित्तीय संस्थाहरुलाई प्राथमिकता दिने नीतिगत व्यवस्था रहेको छ ।

विभिन्न मुद्रामा लगानी गर्न सकिने सीमा ः कुल सञ्चिति लगानीको ४० देखि ६० प्रतिशत सम्म अमेरिकन डलरमा, २५ प्रतिशत सम्म भारतीय मुद्रामा, १० प्रतिशतसम्म चिनिया मुद्रामा तथा बाँकि अन्य मुद्रामा लगानी गर्न सकिने प्राबधान रहेको छ । यस्तो विविधिकरणले मुद्रा जोखिम (currency risk) न्यूनीकरण गर्नमा सहयोग गरेको छ ।

पोर्टफोलियो जोखिम व्यवस्थापनः समग्र पोर्टफोलियो जोखिम व्यवस्थापनका लागि विभिन्न क्रेडिट रेटिङ भएका संस्थाहरुमा गर्न सकिने लगानीको समेत सीमा तोकिएको छ । यस अन्तर्गत Standard and Poor को AA वा सो  भन्दा राम्रो रMoodyको Aa2 वा सो भन्दा राम्रो रेटिङ भएका संस्थाहरुमा कुल सञ्चितिको ५ प्रतिशत सम्म, Standard and Poor को AA- तथा A+ रMoody को Aa3 तथा A1 रेटिङ भएका संस्थाहरुमा कुल सञ्चितिको ४ प्रतिशत सम्म, Standard and Poor को A र A- रMoody को A2 र A3 सम्म रेटिङ भएका संस्थाहरुमा कुल सञ्चितिको ३ प्रतिशत सम्म लगानी गर्न सकिने व्यवस्था रहेको छ । यस्तो व्यवस्थाबाट सञ्चिति लगानीको कर्जा जोखिम कम गर्नमा सहयोग पुग्दै आएको छ ।

तरलता जोखिम व्यवस्थापन ः तरलता जोमिख कम गर्नका लागि विभिन्न भुक्तानी अवधि भएका उपकरणहरुमा लानी गर्नुपर्ने व्यवस्था रहेको छ । लगानीका उपकरणहरुको अधिकतम भुक्तानी अवधि १० वर्षसम्मको हुन सक्ने  तथा औसत लगानी अवधि १ वर्ष कायम राख्नुपर्ने व्यवस्था रहेको छ ।  यसका लागि अमेरिकन सरकारको ट्रेजरी विल्स जस्ता अत्यन्तै तरल उपकरण देखि दीर्धकालन ऋणपत्र र मुद्दति खाता जस्ता कम तरल उपकरणहरुको उच्चतम समिश्रणमा लगानी गर्नुपर्ने व्यवस्था रहेको छ । साथै तरलता जोखिम कम गर्नका लागि कुल विदेशी विनिमय सञ्चितीको कम्तीमा चालिस प्रतिशत अंश विदेशी सरकारी तथा केन्द्रीय बैङ्कले जारी गरेका विल÷नोट÷उपकरण, विदेशी सरकारी तथा केन्द्रीय बैङ्कले जारी गरेका ऋणपत्र, अन्तरराष्ट्रिय बैङ्क तथा वित्तिय संस्थाले जारी गरेका उच्च तरलतायुक्त ऋणपत्र÷उपकरणहरु लगायतका तरल उपकरणहरुमा लगानी गर्नु पर्ने व्यवस्था छ ।

कार्यसञ्चालन जोखिम व्यवस्थापन ः कमजोर आन्तरिक नियन्त्रण प्रणाली, कार्य प्रक्रियामा हुन जाने त्रुटी तथा मानव संसाधनबाट सिर्जना हुने जोखिमलाई कार्य सञ्चालन जोखिम भन्निछ । यस्तो जोखिम कम गर्नका लागि Front Office, Middle Office and Back Office  गरी तीनवटा छुट्टाछुट्टै डेस्कहरुको स्थापना गरिएको छ जस अन्तर्गत Front Office ले लगानी गर्ने,Middle Office ले जाखिम मापन तथा निगरानी गर्ने तथा Back Office ले सेटलमेन्ट गर्ने व्यवस्था मिलाइएको छ ।

९. विदेशी विमिय व्यवस्थापनमा रहेका चुनौतीहरु

विगत केही वर्षयता रेमिटेन्स वृद्धिदरमा शिथिलता आएको,  आयातमा उच्च विस्तार भएका कारण व्यापार घाटा विस्तार भई शोधनान्तर स्थिति समेत दवावमा रहेका कारण विदेशी विनिमय व्यवस्थापनमा थप चुनौतिहरु सृजना भएका छन् । त्यस्ता चुनौतीहरुलाई निम्न शिर्षकहरुमा समेट्न सकिन्छ ः

  • रेमिटेन्स वृद्धिदरमा आएको कमी तथा विस्तार हुदै गइरहेको व्यापार घाटाका कारण विदेशी विनिमयको सञ्चितिमा दवाव सृजना भएको छ ।  
  • अन्तर्राष्ट्रिय बजारमा व्याजदरमा हुने उतारचढावका कारण लगानी सम्वन्धी निर्णयहरु गर्न असहज हुदै गएको छ ।
  • विदेशी विनिमय सञ्चितिको लगानीमा देशगत तथा उपकरणगत विविधिकरण हुन सकेको छैन । हाल सम्म पनि धेरैजसो लगानी न्यून ब्याज प्राप्त हुने  यु.एस. डलरमा जारी हुने उपकरणहरुमा लगानी भैरहेको छ ।
  • निर्यातको साँघुरो आधार तथा कमजोर वृद्धिदरका कारण विदेशी विनिमय प्राप्त हुने दीगो आधारको निर्माण हुन सकेको छैन ।
  • भारतीय मुद्रासंगको पेग कायम गर्नका लागि मात्रै वर्षेनी ठुलो परिमाणमा डलर बिक्री गरी भारतीय मुद्रा खरिद गर्नु परिरहेको छ ।

१०. निष्कर्ष

विदेशी विनिमय व्यवस्थापन कुनै पनि मुलुकको समग्र आर्थिक तथा मौद्रिक व्यवस्थापनको महत्वपूर्ण औजार हो । यस भित्र विदेशी विनिमय सटही सुविधाको व्यवस्थापन, विदेशी विनिमय कारोबार गर्ने संस्थाहरुको नियमन तथा सुपरिवेक्षण, विनिमय दर पद्धतिको व्यवस्थापन तथा विदेशी विनिमय सञ्चितिको लगानी व्यवस्थापन जस्ता कुराहरु पर्दछन् ।  मुलुकका लागि उपयुक्त विनिमय पद्धति कायम गर्दै निर्यात प्रवद्र्धन तथा पर्यटन क्षेत्रमा भएका अवसरहरुको उपयोग मार्फत् विदेशी विनिमय प्राप्तीको दीगो आधार खडा गर्ने तथा विदेशी विनिमय सञ्चितिको उच्चतम व्यवस्थापन मार्फत बाह्य क्षेत्र स्थायित्व कायम राख्नु आजको आवश्यकता रहेको छ ।




Sunday, July 5, 2020

नेपालको पेग विनिमय दर

 नेपालको पेग विनिमय दर
सतीश देवकाेटा, सिद्धराज भट्ट
Permanent Link: https://ekantipur.com//
कुनै पनि मुलुकको बाह्य क्षेत्रलाई सन्तुलनमा राख्दै समग्र आर्थिक स्थायित्व कायम गर्नका लागि विनिमय दरको महत्त्वपूर्ण भूमिका हुने गर्छ । विनिमय दरलाई उचित स्तरमा राख्न सकिएन भने निर्यातमा प्रतिस्पर्धात्मक क्षमता ह्रास हुन गई बाह्य क्षेत्र नै अस्थिर रहने सम्भावना हुन्छ । तसर्थ सबै मुलुकले आफूलाई उपयुक्त हुने विनिमय दर पद्धति अवलम्बन गरेका हुन्छन् ।

नेपालमा विदेशी विनिमय व्यवस्थापनको सम्पूर्ण अधिकार नेपाल राष्ट्र बैंकमा निहित छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले नेपाल राष्ट्र बैंकलाई विदेशी विनिमयसम्बन्धी नीति, कानुन तथा कार्यविधि बनाउने, विदेशी विनिमय कारोबारको व्यवस्थापन गर्ने, विदेशी विनिमय पद्धति निर्धारण गर्ने तथा विदेशी विनिमय सञ्चितिको व्यवस्थापन गर्ने अधिकार दिएको छ । सोहीअनुरूप उक्त बैंकले नेपाली रुपैयाँको विनिमय दर पद्धति तोक्ने तथा विदेशी मुद्राहरूको खरिद–बिक्री दर कायम गरी कारोबार गर्नेजस्ता काम गर्दै आएको छ ।

नेपालले लामो समयदेखि भारतीय मुद्रासँग ‘पेग्ड’ विनिमय दर प्रणालीअन्तर्गत कारोबार गर्दै आएको छ । यसअन्तर्गत भारतीय मुद्रासँगको विनिमय दर स्थिर रहने तथा अन्य मुलुकका मुद्रासँग भने भारतीय मुद्राको ती मुद्रासँगको दरका आधारमा परिवर्तन हुने प्रणाली कायम गरिएको छ । यस्तो पद्धति अवलम्बन गर्नुका पछाडि नेपालको भौगोलिक तथा आर्थिक धरातल, भारतसँगको अधिक व्यापार निर्भरता, कमजोर निर्यात क्षमता, विदेशी विनिमय प्राप्तिको दिगो आधारको अभावजस्ता कारक छन् ।

मुलुकको आर्थिक क्रियाकलापको आकार तथा संरचनामा हुने परिवर्तनसँगै नीतिगत व्यवस्थाहरूमा समेत समयानुकूल परिवर्तन गर्दै लगिएको हुन्छ । यसैअनुरूप नेपालको विनिमय दर प्रणाली तथा वर्तमान भारतीय मुद्रासँगको ‘पेग’ दरमा समेत परिवर्तन गर्नुपर्ने आवाज बेलाबेला उठ्ने गरेको छ । हालको विनिमय दर पद्धतिकै कारण नेपालको यथार्थ विनिमय दर अधिमूल्यन भई निर्यात क्षमता खस्किँदै गएको आवाज अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरूले उठाउँदै आएका छन् । तथापि विदेशी विनिमय दर निकै संवेदनशील पक्ष भएकाले समग्र स्थिरतामा खलल नपुगोस् भन्नका लागि पर्याप्त अध्ययनबिना यो परिवर्तन गर्ने विषय भने होइन ।

हाल भारतसँग कायम रहेको विदेशी विनिमय दर पद्धतिका कारण विनिमय दरमा हुन सक्ने परिवर्तनबाट सृजना हुन सक्ने अनिश्चितता न्यून छ भने, नेपालमा भारतीय लगानीको आप्रवाह उल्लेख्य छ । यसका साथै भारतीय अर्थतन्त्रको उच्च आर्थिक वृद्धि तथा न्यून मुद्रास्फीतिको लाभ नेपाललाई प्राप्त हुने गरेको छ । अर्कातर्फ, विद्यमान विनिमय पद्धतिका कारण नेपालले केही लागतसमेत बेहोर्नुपरेको छ । भारतीय अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रमा मुद्रास्फीति बढी रहने गरेका कारण नेपाली मुद्रा यथार्थ रूपमा अधिमूल्यन हुन गई नेपालको निर्यात क्षमता खस्किँदै गएको छ भने, भारतीय अर्थतन्त्रमा बाह्य क्षेत्रबाट सिर्जित समस्याहरूको असर नेपालले समेत बेहोर्नुपरेको छ ।

यी लागतका बावजुद हालकै अवस्थामा भारतसँग परिवर्तनशील विनिमय दर पद्धति नेपालका लागि उचित विकल्प हुन सक्दैन । यसका पछाडि भारतसँगको व्यापार निर्भरता, कमजोर निर्यात क्षमताजस्ता विषय मुख्य रूपमा जिम्मेवार छन् । नोबेल पुरस्कार विजेता अर्थशास्त्री रबर्ट मन्डेलको तर्कबमोजिम नेपालको आर्थिक अवस्थितिलाई नियाल्ने हो भने पनि परिवर्तनशील विनिमय दर हाललाई नेपालको हितमा नहुने नै देखिन्छ । अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरूले समेत हालको ‘पेग्ड’ विनिमय दर नै नेपालको हितमा रहेको तर्क बारम्बार अघि सार्ने गरेका छन् ।
विनिमय दरलाई बजारमा छोड्दा मुलुकको पुँजी खातालाई समेत बिस्तारै परिवर्त्य बनाउँदै लैजानुपर्ने हुन्छ । तर भारतीय तथा अन्य विदेशी मुद्राप्राप्तिको दिगो आधार नहुन्जेल मुलुकले पुँजी खातालाई पूर्ण परिवर्त्य बनाउन सक्दैन ।
हालको अवस्थामा परिवर्तशील विनिमय दर अँगाल्दा देहायबमोजिमका जोखिमहरू सिर्जना हुन सक्छन् ।
पहिलो, भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।
नेपालको वार्षिक निर्यात तथा आयातमा ६५ प्रतिशतभन्दा बढी हिस्सा भारतकै छ । यति मात्रै नभएर, नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकमा भारत अग्र स्थानमा छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरबाट सृजना हुने अनिश्चितताले व्यापार तथा लगानीलाई नराम्रोसँग प्रभावित गर्न सक्छ । यसको प्रत्यक्ष असर नेपालमा हुने भारतीय लगानी तथा नेपालको निर्यात व्यापारमा पर्न जान्छ ।

दोस्रो, नेपालको भारतसँगको व्यापार सधैं घाटामा रहने गरेको छ, जुन प्रत्येक वर्ष बढ्दै गइरहेको छ । यसबाट भारतीय मुद्राको माग नेपालमा बढ्दै जाने तर उक्त मुद्राको आपूर्ति त्यही अनुपातमा हुन नसक्ने अवस्था सृजना हुन जाने हुन्छ । यस्तो परस्थितिमा विनिमय दरलाई बजारमा छोड्दा नेपालको मुद्रा लगातार अवमूल्यन हुँदै जाने देखिन्छ । यस्तो अवमूल्यनबाट नेपालले तत्काल फाइदा लिन सक्ने स्थिति नभएकाले यसले आयातलाई अझै महँगो बनाउने, उच्च मुद्रास्फीति सिर्जना गर्ने तथा प्रतिस्पर्धात्मक क्षमतालाई थप कमजोर बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

तेस्रो, नेपालको आयात व्यापारमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, इन्धन आदिको अंश ठूलो छ । विनिमय दरलाई बजारमा छोड्दा भारतसँगको व्यापार घाटाका कारण नेपाली मुद्रा अवमूल्यनबाट नेपालले आयात गर्ने कच्चा पदार्थको मूल्य बढ्न गई उत्पादन लागत बढ्न जाने र यसले समग्र मूल्य स्तरमै बढोत्तरी ल्याई मूल्य वृद्धिमा चाप पर्ने देखिन्छ ।

चौथो, परिवर्तनशील विनिमय दरमा हुने उतारचढावबाट लाभ पाउन मुलुकको निर्यात तथा आयात–व्यापार विनिमय दरसँग लोचदार हुनुपर्छ । अर्थात्, मुद्रा अवमूल्यन हुँदा विदेशी वस्तु सापेक्षिक रूपमा नेपालमा महँगो पर्ने र नेपाली वस्तु विदेशमा सापेक्षिक रूपमा सस्तो पर्न गई आयात निरुत्साहित हुने तथा निर्यात प्रोत्साहित हुने स्थिति भएमा परिवर्तनशील विनिमय दर पद्धतिले लाभको अवसरसमेत बेलाबखत सृजना गर्ने हुन्छ । यसलाई अर्थशास्त्रीय शब्दाबलीमा ‘मार्सल लर्नर’ सर्त भनिन्छ । विदेशबाट माग भएको अवस्थामा अल्पकालमा उत्पादन वृद्धि गर्न सक्ने क्षमता नेपालमा विकास नभइसकेको, आयातको ठूलो अंश नेपालमा उत्पादन गर्न नसकिने तथा अल्पकालमा अन्य वस्तुबाट प्रतिस्थापन गर्न नसकिने वस्तुहरू (जस्तै— पेट्रोलियम पदार्थ, मेसिनरी, पाटपुर्जा, इलेक्ट्रिकल सामान आदि) को आयातमा ठूलो अंश रहेकाले निर्यात तथा आयात व्यापार विनिमय दरसँग बेलोचदार छ । यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरबाट अल्पकालमा लाभ प्राप्त गर्न सक्ने सम्भावना न्यून रहन्छ ।

पाँचौं, विनिमय दरलाई बजारमा छोड्दा मुलुकको पुँजी खातालाई समेत बिस्तारै परिवर्त्य बनाउँदै लैजानुपर्ने हुन्छ । तर भारतीय तथा अन्य विदेशी मुद्राप्राप्तिको दिगो आधार नहुन्जेल मुलुकले पुँजी खातालाई पूर्ण परिवत्र्य बनाउन सक्दैन ।

छैटौं, नेपाली जनतालाई भारतको अर्थतन्त्र अझै सुध्रिँदै र नेपाली मुद्रा भारतसँगको व्यापार घाटाका कारण कमजोर हुँदै जान्छ भन्ने लागेमा अल्पकालमा भारतीय मुद्राको संग्रह गर्ने प्रवृत्ति बढ्ने सम्भावनासमेत रहन्छ । यसबाट भारतीय मुद्राको मागमा थप विस्तार भई नेपाली मुद्रा अझै अवमूल्यन हुँदै जाने तथा नेपालबाट अवैध रूपमा पुँजी बहिर्गमन हुने सम्भावना छ ।

सातौं, नेपालमा मुद्रा बजार, पुँजी बजार तथा विदेशी विनिमय बजार अझै पनि पूर्ण रूपमा विकसित नभइसकेकाले बजारले निर्धारण गर्ने विनिमय दर यथार्थ स्तरमा नहुने सम्भावना हुन्छ, जसबाट व्यापार तथा लगानीमा नकारात्मक असर पर्न सक्छ ।

हालको भारतसँगको ‘पेग्ड’ विनिमय दर प्रणालीको अल्पकालीन विकल्प नभए पनि पेगको दरमा भने केही परिवर्तन गर्नुपर्छ कि भन्ने तर्क भने जायज छ । अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाहरूले नेपालको यथार्थ विनिमय दर अधिमूल्यन भएकाले निर्यात व्यापारमा नकारात्मक प्रभाव परेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा भारतसँगको विनिमय दरलाई १६० रुपैयाँबाट केही वृद्धि गर्दा नेपाललाई फाइदा पुग्ने देखिन्छ । तर यस्तो निर्णय उत्पादन तथा निर्यात क्षमतामा कुनै वृद्धि नगरीकनै गरिएमा यो झन् प्रत्युत्पादक हुने सम्भावना पनि त्यत्तिकै रहने भएकाले पूर्वतयारीबिना भारतसँगको पेग दरमा परिवर्तन गरेमा त्यसले अपेक्षित लाभ दिनेभन्दा मुद्रास्फीतीय दबाब सिर्जना गरी समग्र आर्थिक स्थिरतामा खलल पुर्‍याउन सक्ने जोखिम छ । पर्याप्त अध्ययनबिना विनिमय दर पद्धति परिवर्तन गर्ने गल्ती गरिए नेपालले समेत श्रीलंकाको जस्तो बाह्य क्षेत्रको दबाब झेल्नुपर्ने अवस्था आउन सक्छ ।

देवकोटा अमेरिकाको युनिभर्सिटी अफ मिनासोटा मोरिसमा अर्थशास्त्रका प्राध्यापक छन् । 
भट्ट नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् ।  
प्रकाशित : असार १०, २०७७ १०:१३

Saturday, July 13, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. ११ : नेपालले भारतीय मुद्रा संग किन परिवर्तनशील विनिमय दर पद्दती लागु गर्न सक्दैन ?

परिवर्तनशील  विनिमय दर पद्दती बजारमा सिर्जना हुने विदेशी मुद्राको माग तथा आपूर्ति अनुसार विनिमय दर परिवर्तन हुने  पद्दती हो। यस अन्तर्गत विदेशी मुद्राको माग बढ्दै गएमा विदेशी मुद्रा बलियो हुदै जाने तथा स्वदेशी मुद्रा कमजोर हुदै जाने प्रवृति देखा पर्दछ भने विदेशी मुद्राको आपूर्ति बढ्दै गएमा वा माग घट्दै गएमा विदेशी मुद्रा कमजोर हुने तथा स्वदेशी मुद्रा बलियो हुदै जाने सम्भावना रहन्छ।

विदेशी मुद्राको माग तथा आपूर्ति कसरी सृजना हुन्छ ?


कुन पनि देशका बासिन्दा लाइ मुख्यत: विदेश बाट बस्तु तथा सेवा आयात गर्न विदेशी मुद्राको जरुरत पर्दछ।  तर्सर्थ विदेशी बस्तु तथा सेवाको माग बढ्दै जादा विदेशी मुद्राको माग समेत बढ्दै जान्छ। अर्को तर्फ बस्तु तथा सेवाको निर्यात, रेमिटेन्स आय, वैदेशिक अनुदान, वैदेशिक लगानी जस्ता श्रोत बाट विदेशी मुद्राको आपूर्ति हुन जान्छ।

 भारत संग परिवर्तनशील विनिमय दर पद्दति किन उचित विकल्प हुन सक्दैन ?


१. भारत नेपालको सबैभन्दा ठुलो ब्यापारिक साझेदार हो।  नेपालको वार्षिक निर्यात तथा आयातमा ६० प्रतिशत भन्दा बढी हिस्सा भारतको रहेको छ।  यति मात्रै नभएर नेपालमा सबै भन्दा बढी लगानी गर्ने मुलुकमा भारत अग्रस्थानमा छ।  यस्तो अवस्थामा परिवर्तनशील विनिमय दर बाट सृजना हुने अनिश्चितता ले ब्यापार तथा लगानी लाइ नराम्ररी प्रभावित गर्न सक्दछ।  यसको प्रतक्ष्य असर नेपालमा हुने भारतीय लगानी तथा नेपालको निर्यात ब्यापारमा पर्न जान्छ।

२. नेपालको भारत संगको ब्यापार सधै घाटामा रहने गरेको छ र प्रतेक वर्ष त्यस्तो घाटा बढ्दै गईरहेको छ।  यसबाट भारतीय मुद्राको माग नेपालमा बढ्दै जाने तर उक्त मुद्राको आपूर्ति त्यही अनुपातमा हुन नसक्ने अवस्था छ। यस्तो परस्थितिमा विनिमय दरलाई बजारमा छोड्दा नेपालको मुद्रा लगातार रुपमा अवमुल्यन हुदै जाने देखिन्छ। अवमुल्यन बाट नेपालले तत्काल फाइदा लिन सक्ने स्थिति नभएकाले यसले आयातलाई अझै महँगो बनाउने, उच्च मुद्रास्फीति सिर्जना गर्ने तथा प्रतिस्पर्धात्मक क्षमता लाइ थप कमजोर बनाउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ।

३. नेपालको आयात ब्यापारमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, इन्धन, आदिको अंश ठुलो छ। विनिमय दरलाई बजारमा छोड्दा  भारत संगको ब्यापार घाटाका कारण नेपाली मुद्रा अवमुल्यनवाट  नेपालले आयात गर्ने कच्चा पदार्थको मूल्य बढ्न गई उत्पादन लागत बढ्न जाने र यसले समग्र मूल्य स्तरमा नै बढोत्तरी ल्याई मूल्य वृद्धीमा चाप पर्ने देखिन्छ।

४. परिवर्तनशील विनिमय दरमा हुने उतारचढाव बाट लाभ प्राप्त गर्नका लागि मुलुकको निर्यात तथा आयात ब्यापार विनिमय दर संग लोचदार हुनुपर्दछ।  अर्थात् मुद्रा अवमुल्यन हुदा विदेशी बस्तु सापेक्षिक रुपमा नेपालमा महँगो पर्ने र नेपाली बस्तु विदेशमा सापेक्षिक रुपमा सस्तो पर्न गइ आयात निरुत्साहित हुने तथा निर्यात प्रोत्साहित हुने स्थिति भएमा परिवर्तनशील विनिमय दर पद्दतिले लाभका अवसर समेत बेला बखतमा स्र्जना गर्ने हुन्छ।  तर नेपालमा विदेशबाट माग भएको अवस्थामा अल्पकालमा उत्पादन वृद्धी गर्न सक्ने  क्षमताको बिकाश नभैसकेको तथा आयातको ठुलो अंश नेपालमा उत्पादन गर्न नसकिने तथा अल्पकाल अन्य बस्तुबाट प्रतिस्थापन गर्न नसकिने बस्तुहरु जस्तै पेट्रोलियम पदार्थ , मेसिनरी, पाटपुर्जा, इलेक्ट्रिकल सामान आदि रहेकाले निर्यात तथा आयात ब्यापार विनिमय दर संग बेलोचदार रहेको छ।  यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरवाट अल्पकालमा लाभ प्राप्त गर्न सक्ने सम्भावना न्युन रहन्छ।

५. विनिमय दर लाइ बजारमा छोड्दा  मुलुकको पुजीं खातालाई समेत बिस्तारै परिवर्त्य बनाउदै लैजानुपर्ने हुन्छ।  तर भारतीय तथा अन्य विदेशी मुद्रा प्राप्तिको दीगो आधार नहुन्जेल सम्म मुलुकले पुजी खाता लाई पूर्ण परिवर्त्य बनाउन सक्दैन।

६. नेपाली जनताहरुमा भारतको अर्थतन्त्र अझै सुध्रिदै जाने तथा नेपालको मुद्रा ब्यापार घाटाका कारण कमजोर हुन्छ भन्ने लागेमा अल्पकालमा भारतीय मुद्राको संग्रह गर्ने प्रवृति बढ्ने सम्भावना समेत रहन्छ। यस बाट भारतीय मुद्राको मागमा थप बिस्तार भई नेपाली मुद्रा अझै अबमुल्यन हुदै जाने हुन्छ।

७. नेपालमा मुद्रा बजार, पुँजी बजार तथा विदेशी विनिमय बजार अझै पनि पूर्ण रुपमा विकशित नभैसकेकाले बजारले निर्धारण गर्ने विनिमय दर यथार्थ स्तरमा नहुन सक्ने सम्भावना हुन्छ।  जसले ब्यापार तथा लगानीमा नकारात्मक असर पार्न सक्दछ।

यी विभिन्न अवस्थाहरुका कारण नेपालले तत्काल भारतीय मुद्रा संग परिवर्तनशील विनिमय दर पद्दति लागु गर्न सम्भव छैन।  मुलुकको उत्पादन क्षमता सुधार गरी निर्यात लाइ विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोतको रुपमा स्थापित नगरेञ्जुल हालको स्थिर विनिमय दर पद्दति लाई परिवर्तन गरिहाल्ने स्थिति छैन।